काठमाडौंको नागार्जुन नगरपालिकामा रहेको सुनौलो आयाम बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कुन)का अध्यक्ष उद्धव सापकोटाको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष सादुराम लम्सालको अध्यक्षतामा यहि असोज १६ गते शनिबारका दिन शिखर पार्टि प्यालेस कलंकीमा सदस्यहरुको उत्साहजनक उपस्थितिमा सम्पन्न भएको छ
सो कार्यक्रमको उद्घघाटन गर्दै प्रमुख अतिथि सापकोटाले संस्थाको वित्तीय कारोबार उत्कृष्ट रहेकोले सदस्यहरुलाई ढुक्क भएर कारोबार गर्न आग्रह गर्नुभयो सदस्यहरुलाई शिक्षा निति र विधिको बारेमा जानकारी गराई प्रविधिमा जोड दिदै सदस्यहरु वृद्धि गर्दै लैजाने समुदायमा आधारित रहेको र सहकारीको मुल्य मान्यता अनुसार चलेका सहकारी संस्थाहरुमा समस्या नरहेको जानकारी दिदै संस्थाको सफलताको शुभकामना व्यक्त गर्नुभयो त्यसैगरी कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष लम्सालले बिश्व आर्थिक मन्दि जस्ता समस्याहरु हुदा पनि सदस्यहरुलाई वित्तीय कारोबारमा सहजिकरण गरी सदस्यहरुलाई सेवा दिदै आईरहेको र सदस्यहरुको साथ सहयोगले गर्दा संस्था आज यो स्थानमा आएकोले सम्पूर्ण सदस्यहरुलाई धन्यवाद व्यक्त गर्नुभयो

साथै संस्थामा ४० प्रतिशत तरलता रहेको र संस्थाले यस आर्थिक बर्षमा १०,६९,९६९ रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ संस्थाले मोबाईल बैंकिङ,फोन पे,क्यु आर कोड,एस एम एस जस्ता प्रविधिमैत्री सेवा दिदै आईरहेको छ उक्त कार्यक्रमको अवसरमा संस्थाले वेभ साइट शुभारम्भ गरी बचत ऋण सेवाको जानकारी ब्याजदर लगाएतका विभिन्न कार्यक्रम तथा वेभ साईट मार्फत सदस्यहरुलाई हात हातमा सेवा तथा सुचना जस्ता गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ संस्थाले सदस्यहरुको सुविधाको लागि मनमोहन मेमोरियल कलेज स्वयभु,मेदान्त आयुर्वेद अस्पताल कलंकी,सुश्रत आयुर्वेद अस्पताल बानेश्वर,मित्रता आयुर्वेद अस्पताल गोगंबु,वागभाट आयुर्वेद अस्पताल जोरपाटी,युनिभर्सल डेण्टल अस्पताल स्युचाटार,एडमार्क कलेज कलंकी जस्ता विभिन्न संस्थाहरुसंग समन्वय गरी संस्थाका सदस्यहरुलाई ५ देखि ५० प्रतिशत सम्मको छुटको व्यवस्था गरिएकोले सदस्यहरुलाई लाभ लिन अनुरोध गरिएको जानकारी गराउनु भयो सो कार्यक्रमको स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष ओम प्रसाद ढकालले गर्नुभएको हो कार्यक्रम संचालन संस्थाका सचिव अमृत बराईलीले गर्नुभएको हो

उक्त कार्यक्रममा विशिष्ट अतिथिहरु काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कुन)का सचिव विरेन्द्र भण्डारी,नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफस्कुन)का सहायक कार्यकारी अधिकृत संजयराज तिमिल्सिना,एडमार्क कलेज कलंकीका शिव अधिकारी अतिथिहरु संस्थाका पुर्व उपाध्यक्ष भवानी आचार्य,संस्थाका पुर्व सल्लाहकार सदस्य मोदनाथ लम्साल,संस्थाका सल्लाहकार तथा निवर्तमान अध्यक्ष भवनाथ लम्साल,संस्थाका पुर्व संचालक समिति सदस्य कृष्ण लम्साल,संस्थाका कानुनी सल्लाहकार ठाकुर रमण आचार्य लगायत विभिन्न सहकारी संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य रुपमा उपस्थिति रहेको थियो कार्यक्रममा पुर्व संचालक सम्मान,बाल बचत सम्मान,उत्कृष्ट बचत सम्मान,उत्कृष्ट जेष्ठ सम्मान,उत्कृष्ट नियमित बचत, उत्कृष्ट ऋिणी सम्मान, उत्कृष्ट कर्मचारी हरुलाई मायाको चिनो सहित सम्मान गरिएको थियो त्यसैगरी संस्थाको असार मसान्तसम्मको सदस्य संख्या ९१४ शेयर पुँजी ४७,०५६००, जगेडा कोष २,४०७,९२६,बचत निक्षेप २९,२८८,४०९,कर्जा लगानी १७,९५७,७३९,कुल कारोबार ३,७८,९६,१४१ रुपैयाँ रहेको संस्थाको बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ
समाचार : सहकारी संजाल बाट




