नागार्जुन – १०, कलंकी, काठमाडौँ | फोन नं : ०१-५२१८०५८
प्रविधियुक्त तथा समुदायमा आधारीत, उत्कृस्ट सहाकरी

अध्यक्षको सन्देश

८ भाद्र २०८०, शुक्रबार ११:११

परिचय

मानव जीवनमा नभई नहुने वस्तुको रुपमा अर्थ लाई लिन सकिन्छ । अर्थ विना केही पनि सम्भव नभएको कुरा त जगजाहेर नै छ । देश विकास तबसम्म सम्भब हुँदैन जब सम्म निम्न आय भएका तथा पिछडिएका वर्गहरूको उत्थान हुन सक्दैन । निम्न आय भएका वर्गहरूको आय क्षेत्र पहिचान गरी जीवनस्तर उकास्ने एक मात्र विकल्प हुन सक्छ सहकारी । सीपमूलक कार्यक्रमहरू जस्ता अनेकौं कार्यक्रमहरू ल्याएर नीति निमार्ण गर्ने । तसर्थ उपरोक्त सम्पूर्ण कुराहरूलाई मध्यनजर राखी ती वर्गहरूको हकहित तथा कल्याणको लागि आजको परिपेक्षमा देशको खुल्ला अर्थनीति अनुरुप छरिएर रहेका सम्पूर्ण पूँजीहरूलाई एकत्रित गरी समाजमा निम्न आय भएका पिछडिएका वर्गहरूका साथै रकम संचित गर्ने परिपाटी बसाल्न, देशको औद्योगिक विकासमा टेवा दिन, व्यापार व्यवसाय सुरु गर्न-गराउन साथै भैहरहेको व्यवसायलाई बृद्धि गर्न-गराउनका साथै सुदृढीकरण गर्दै लाने, आयश्रोत बढाउने कार्य गर्ने-गराउने र निजी क्षेत्रको सहभागितालाई टेवा दिन आधुनिक कम्प्यूटर प्रणालीमार्फत गुणस्तरिय सेवा दिनको को लागि स्थानीय व्यक्तिहरूको सहभागितामा यस सुनौलो आयाम बचत तथा ऋण सहकारी संस्था लि. सहकारी ऐन, २०४८ बमोजिम सहकारी डिभिजन कार्यालय काठमाडौं (दर्ता नं. ३०१२-०६६-६७) बाट स्वीकृत प्राप्त यस संस्था यहाँहरूको सेवामा समर्पित हुन आएको छ ।

उद्देश्य

१. संस्थामा संलग्न सदस्यहरू र जनसमुदायहरूको बीचमा पारस्परिक सहयोग एवं मितव्ययिताको अभिवृद्धि गरी नियमित बचत गर्ने बानीको विकास गर्ने ।
२. सदस्यहरूको आर्थिक तथा सामाजिक जीवनस्तर उठाउने कार्यमा सहयोगी भूमिका निर्वाह गर्ने ।
३. संस्थाले उत्पादनशील, आयमूलक, सीपमूलक, सेवामूलक उद्देश्यका लागि सदस्यहरूलाई उत्प्रेरित गरी व्यवसायीकरणमा जोड दिने ।
४. शैक्षिक क्षेत्र, स्वास्थ्य क्षेत्र तथा दैनिक जीवनयापनसँग सम्बन्धित क्षेत्रमा सेवा तथा परामर्श दिने ।
५. सदस्यहरूलाई आत्मनिर्भर तथा आत्मविश्वास दिलाउने खालको योजनाहरू बनाई उत्प्रेरित गरी व्यवसायीकरणमा जोड दिने ।
६. सदस्यहरू तथा संस्थागत विकासका लागि आय–आर्जन गराउने परियोजनाहरू संचालन गर्ने-गराउने ।
७. विप्रेषण Remittance को सेवा प्रदान गर्ने ।
८. स्थानीय, क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग हातेमालो गरी अघि बढ्ने ।
९. नियमित रुपमा सदस्यहरूबाट निक्षेप संकलन गर्नुका साथै सदस्यहरूबाट जम्मा भएको निक्षेपमा आकर्षक ब्याज प्रदान गर्ने ।
१०. सदस्यहरूको समृद्धि र विकासको अधिकतम हितलाई ध्यानमा राखी प्रविधिको उच्चतम प्रयोग गर्ने, सहकारी ऐन, नियमहरू र यस संस्थाको विनियममा व्यवस्था भए बमोजिमको दैनिक कार्य सञ्चालन गर्नुका साथै चल–अचल सम्पत्ति आर्जन र हस्तान्तरण गर्ने, धितो धरौटी राखी कर्जा प्रवाह गर्ने, भुक्तानी पश्चात् धितो फुकुवा गर्ने ।

सुनौलो आयाम साकोसमा सदस्य किन ?
  विगत १५ वर्षदेखि निरन्तर सेवा प्रदान गर्दै आइरहेको संस्था ।
  अनुभवी व्यवसायी तथा समाजका प्रतिष्ठित व्यक्तिहरू सञ्चालक समिति तथा लेखा समितिमा रही अनवरत रुपमा कार्य गर्दै आएको ।
  क्षमतावान एवं तालिम प्राप्त सक्षम कर्मचारीको व्यवस्था भएको ।
  महत्वपूर्ण सरकारी बिदा बाहेक सम्पूर्ण दिन संस्था सञ्चालनमा रहने ।
  आधुनिक सफ्टवेयर प्रणालीमार्फत सेवालाई व्यवस्थित बनाई हातहातमा सहकारीको सेवा दिने  लक्ष्य लिएको संस्था ।
  रेमिट्यान्सको सेवा प्रदान गरिरहेको ।
  सदस्यहरूको घर–दैलोमा पैसा लिन र आवश्यक परे घरमै पैसा पु¥याउने सुविधा भएको ।
  Fonepay Q.R सहित  बचत संकलन सुविधा प्रदान गरिने ।
  जन्मदेखि मरणोपरान्तसम्म शेयर सदस्यहरू समक्ष उपस्थिति जनाई राहत प्रदान गरिने ।
  उत्कृष्ट बचतकर्ता, ऋणी, जेष्ठ सदस्यहरू, उच्च अंक ल्याई क्भ्भ् उत्तीर्ण गर्ने सदस्यहरूका सन्तानलाई सम्मान गर्ने गरिएको।
  स्कुल-कलेज, अस्पताल, रेस्टुराँ जस्ता आवश्यक ठाउँहरूमा विशेष छुटको व्यवस्था गरिएको ।

आबद्ध रहेका संघसंस्थाहरू:

  • नेपाल बचत तथा ऋण सहकारी संस्था लि. (NEFSCUN)
  • राष्ट्रिय सहकारी बैंक
  • केन्द्रीय बचत तथा ऋण सहकारी संस्था लि. (KASKUN)
  • जिल्ला सहकारी संघ (काठमाडौं)

व्यवस्थापन

  सदस्य महानुभावहरूको सन्तुष्टि नै यस संस्थाको सन्तुष्टि एवं सफलता हो भन्ने मूल नारालाई अघि सार्दै दैनिक कारोबार सञ्चालन गर्न तथा सञ्चालक समितिले तोकेको नीति तथा कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न समितिबाट कार्यकारी पदाधिकारी तथा दक्ष एवं अनुभवी कर्मचारीहरूको नियुक्ति गरिएको छ ।
  यस संस्थाका प्रतिनिधिहरू आफ्नो परिचयपत्र लिई तपाईको घरदैलोमा बचत संकलन गर्न आउनुहुनेछ । उहाँहरूको परिचयपत्र हेरी आफ्नो बचत रकम जिम्मा लगाउन सक्नुहुनेछ । निस्सा वा प्रमाणस्वरुप यस संस्थाको पासबुक दिइने छ । संस्थाको कलेक्टर एपबाट पनि बचत संकलन गरिनेछ ।
  तपाईहरू यस संस्थामा आई हाम्रा प्रतिनिधिहरूसँग सम्पर्क गरी कारोबार गर्न सक्नुहुनेछ ।
शेयर पूँजी
यस संस्थाको अधिकृत शेयर पूँजी रु.५०,००,०००÷– (पचास लाख) रहेको छ । उक्त रकमलाई क्रमिक रुपमा चुक्ता पूँजीमा परिणत गर्दै लगिने छ । प्रस्तावित रु. २,००,००,०००।– (दुई करोड) हुनेछ ।

मानव जीवनमा नभई नहुने वस्तुको रुपमा ‘अर्थ’लाई लिन सकिन्छ । अर्थ विना केही पनि सम्भव नभएको कुरा त जगजाहेर नै छ । देश विकास तबसम्म सम्भब हुँदैन जब सम्म निम्न आय भएका तथा पिछडिएका वर्गहरूको उत्थान हुन सक्दैन । निम्न आय भएका वर्गहरूको आय क्षेत्र पहिचान गरी जीवनस्तर उकास्ने एक मात्र विकल्प हुन सक्छ सहकारी । सीपमूलक कार्यक्रमहरू जस्ता अनेकौं कार्यक्रमहरू ल्याएर नीति निमार्ण
गर्ने । तसर्थ उपरोक्त सम्पूर्ण कुराहरूलाई मध्यनजर राखी ती वर्गहरूको हकहित तथा कल्याणको लागि आजको परिपेक्षमा देशको खुल्ला अर्थनीति अनुरुप छरिएर रहेका सम्पूर्ण पूँजीहरूलाई एकत्रित गरी समाजमा निम्न आय भएका पिछडिएका वर्गहरूका साथै रकम संचित गर्ने परिपाटी बसाल्न, देशको औद्योगिक विकासमा टेवा पुर्‍याउन, व्यापार व्यवसाय सुरु गर्न/गराउन साथै भैहरहेको व्यवसायलाई बृद्धि गर्न/गराउनका साथै सुदृढीकरण गर्दै लाने, आयश्रोत बढाउने कार्य गर्ने/गराउने र निजी क्षेत्रको
सहभागितालाई टेवा पुर्‍याउँदै आधुनिक कम्प्यूटर प्रणालीमार्फत गुणस्तरिय सेवा पुर्‍याउनको लागि स्थानीय व्यक्तिहरूको सहभागितामा यस सुनौलो आयाम बचत तथा ऋण सहकारी संस्था लि. सहकारी ऐन २०४८ बमोजिम सहकारी डिभिजन कार्यालय काठमाडौं (दर्ता नं. ३०१२/०६६/६७) बाट स्वीकृत प्राप्त यस संस्था यहाँहरूको सेवामा समर्पित हुन आएको छ ।

ध्येय:

दक्ष जनशक्तिको व्यवस्थापन मार्फत नयाँ प्रविधिको उच्चतम प्रयोग गरी
छिटो, सजिलो, प्रतिस्पर्धी र गुणात्मक वित्तीय सेवाबाट सदस्यको आर्थिक,
सामाजिक, सांस्कृतिक पक्षको विकास गरी समयानुकूल सेवा उपलब्ध गराउने ।

शेयर पूँजी:

यस संस्थाको अधिकृत शेयर पूँजी रु.५०,००,०००/– (पचास
लाख) रहेको छ । उक्त रकमलाई क्रमिक रुपमा चुक्ता पूँजीमा परिणत
गर्दै लगिने छ । प्रस्तावित रु. २,००,००,०००/– (दुई करोड) हुनेछ ।

नेपाली क्यालेन्डर