नागार्जुन – १०, कलंकी, काठमाडौँ | फोन नं : ०१-५२१८०५८
प्रविधियुक्त तथा समुदायमा आधारीत, उत्कृस्ट सहाकरी
सुनौलो साकोसका सदस्यहरुलाई स्वास्थ्य तथा औषधि उपचारमा छुट सहित थप सुविधा
सुनौलो बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरुलाई स्वास्थ्य उपचार सेवामा थप सुविधा हुने भएको छ । भाद्र ११ गते सुनौलो साकोस र मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वयम्भुविच एक सहमती पत्रमा हस्ताक्षर भई उक्त सुविधाहरु प्राप्त हुने भएको हो । यस अघि पनि सदस्यहरुले उक्त अस्पतालबाट सामान्य सुविधा प्राप्त गर्दै आईरहेकोमा पछिल्लो समय उक्त अस्पतालको व्यवस्थापन मेडी प्राईड हेल्थ केयर प्रा.लि.द्वारा सञ्चालन भए पछि सदस्यहरुलाई थप सुविधा र सहुलियत प्रदान गर्ने गरी अस्पतालका कार्यकारी निर्देशक डा.एन. शर्मा र संस्थाका अध्यक्ष सादुराम लम्साल(सागर)बीच नयाँ सहमती पत्रमा हस्ताक्षर भएको हो । स्वास्थ्य तथा औषधि उपचारमा अब सुनौलो साकोसका सदस्यहरुले निम्न छुट र सहुलियतहरु पाउने छन् ।
१. सामान्य शैया, ल्याव परीक्षण, एक्स–रे एवं भिडियो एक्सरे, ईसिजिमा १५ प्रतिशत,
२. क्याबिन, आईसियु तथा आईसियु भेन्टिलेटर, अपरेशन, ईको, मेमोग्राम, ईन्डोस्कोपी र फिजियोथेरापी मा १० प्रतिशत
३ वर्षको एक पटक Whole Body Check Up (General Health Package /Special Health Package) मा १५ प्रतिशत,
४. आर्थिक रुपले विपन्न तथा असाहय सदस्यहरुलाई उल्लेखित सेवाहरुमा २० प्रतिशत
५ ८० बर्षदेखि माथि उमेरका जेष्ठ नागरिक सदस्यहरुलाई उल्लेखित सेवाहरुमा ५० प्रतिशत
६. ७० बर्षदेखि ७९ वर्षसम्म उमेरका जेष्ठ नागरिक सदस्यहरुलाई उल्लेखित सेवाहरुमा २५ प्रतिशत

नेपाली क्यालेन्डर