नागार्जुन – १०, कलंकी, काठमाडौँ | फोन नं : ०१-५२१८०५८
प्रविधियुक्त तथा समुदायमा आधारीत, उत्कृस्ट सहाकरी

सुनौलो आयाम बचत तथा ऋण सहकारी संस्थाको १५ औँ स्थापना दिवस तथा बृहत रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर १० कलंकीमा रहेको सुनौलो आयाम बचत तथा ऋण सहकारी संस्थाको १५ औं बार्षिक उत्सवको अवसरमा २०८० चैत्र १० गते शनिबारको दिन बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ सो संस्थाको आयोजना तथा लायन्स क्लब अफ काठमाडौं ग्लोबल तथा लायन्स क्लब अफ काठमाडौं धुनिबेसीको सह(आयोजकमा ४० जना रक्तदाताले रक्तदान गरेका थिए ।

 

त्यस अवसरमा रक्तदाताहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो रक्तदान कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका सचिव नारायण प्रसाद शर्मा दुवाडी तथा संस्थाका संचालक समिति लेखा सुपरिवेक्षण समिति र उप समितिहरुका पदाधिकारी तथा सेयर सदस्यहरु कर्मचारीहरुको सहभागिता रहेको थियो उक्त कार्यक्रम संस्थाका अध्यक्ष सागर लम्सालको अध्यक्षता तथा कार्यक्रम संचालन संस्थाका सचिव अमृत बराईली तथा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष ओम प्रसाद ढकालले गर्नुभएको थियो संस्थाका अध्यक्ष लम्सालले रगतको अभावले बिरामीहरुको उपचारमा समस्या नहोस भन्ने उद्देश्यले विगतका बर्षहरुमा झै हाम्रो यो संस्थाको १५ औं बार्षिक उत्सवमा बृहत रक्तदान कार्यक्रम आयोजना गरेको अध्यक्ष लम्सालको भनाई कार्यक्रममा संस्थाका सदस्य तथा सल्लाहकार विदुर केसीले १५ औं बार्षिक उत्सव र रक्तदान कार्यक्रमले पुर्‍याएको योगदानको चर्चा गर्दै संस्थालाई धन्यवाद सहित शुभकामना व्यक्त गर्नुभयो सहकारीको मुल्य र मान्यतालाई आत्मसाथ गर्दै अगाडी बढिरहेको उक्त संस्थाले विभिन्न सामाजिक कार्यक्रमहरुलाई निरन्तर अगाडि बढाउदै लैजाने जानकारी गराईएको छ ।

सेवाहरू

कर्मचारी बिदाई कार्यक्रम

Cooperative Deposit icon

सहकारी निक्षेप

Wallet Services

वालेट सेवाहरू

Remittance icon

रेमिट्यान्स

Mobile Banking Icon

मोबाइल बैंकिङ

अन्य गतिविधि

बचत याेजनाहरू

सुनौलो आयाम जेष्ठ नागरिक बचत

भ्रमण/तीर्थ बचत

तिज बचत खाता

नेपाली क्यालेन्डर