आज २०८० फागुन ४ गते ७४ आँै प्रजातन्त्र दिवसको शुभ अवसरमा नागार्जुन न.पा १० स्युचाटार जानेदोबाटो,कलकींस्गित सुनौलो आयाम बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो कार्यक्षेत्रका केही भागमा बृहत सरसफाई कार्यक्रम अन्तर्गत फोहोरमैला व्यवस्थापन गरियो ।
कामनपा १४ कलकीं चक्रपथको उकालोमा रहेको सहिद मेमोरियल अस्पतालको पूर्वी भागदेखि सफाई सुरुगरी हनुमान गल्ली, गणेशस्थान,इनसेक ,शालिचोक,पाटीचोक आदि स्थानका सडक र छेउछाउमा थुप्रिएका फोहोर उठाई गाडीमा हाल्ने, सडक र पेटीमा कुचो लगाई बढार्ने काम गरियो । उठाइएको फोहोरलाई नेपाल बातावरण सिर्जना प्रा.लि को कन्टेनरमा हालेर त्यहाँका कर्मचारीबाट व्यवस्थापन गरियो ।











